Harsamaya
पोखरा विमानस्थलका आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वप्रबन्धक एवं  पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइ प्रमुख बिनेश मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको  छ। आयोगले २ करोड ५० लाख ३४ हजार ५१७ रुपैयाँ १९ पैसा भ्रष्टाचार गरेको दाबी गर्दै विशेष अदालतमा मुद्दा  गरेको छ। उनले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानूनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको अख्तियारको आरोप छ। 

मुनकर्मी २०५४ फागुन १ गतेदेखि सरकारी सेवामा कार्यरत छन्। उनले २०८० मंसिर १४ गतेसम्मको अवधिको आयव्याय बारे अख्तियारले अनुसन्धान गरेको हो।  यो अवधिमा उनको वैधानिक आम्दानीभन्दा बढी खर्च देखिएको अख्तियारले जनाएको छ। बिनेश मुनकर्मीको एकाघरको परिवारकै तलबसहितको वैधानिक आम्दानी र खर्चको अनुसन्धान अख्तियारले गरेको थियो।

जसमा सम्पुर्ण स्रोतबाट आम्दानी ३ करोड ७३ लाख ८१ हजार ४४४ रुपैयाँ २० पैसा पाइएको छ। तर यो अवधिमा ६ करोड २४ लाख १५ हजार ९६१ रुपैयाँ ३९ पैसा खर्च गरेको पाइएको छ। यसरी उनको वैधानिक आम्दानी भन्दा २ करोड ५० लाख ३४ हआर ५१७ रुपैयाँ १९ पैसा बढी खर्च भएको पाइएको छ।

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  २१:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update