काठमाडौं - प्रधान सेनापति अशोकराज सिग्देलसँग जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले बयान लिएको छ । आज प्रधान सेनापति सिग्देलसँगको बयान सकिएको छ । आयोगमा सशस्त्रका महानिरीक्षक राजु अर्याल र नेपाल प्रहरीका आईजीपी दान बहादुर कार्कीको बयान जारी छ । यसअघि आयोगले काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालसँगको बयान लिएको थियो ।
गौरीबाहादुर कार्की नेतृत्वको आयोगले यसअघि सशस्त्र प्रहरीको कार्य विभागका प्रमुख नारायणदत्त पौडेल र सशस्त्र प्रहरीका डिआइजी सुरेश श्रेष्ठसँग बयान लिइसकेको छ ।
आयोगले राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख (मुख्य अनुसन्धान निर्देशक) हुतराज थापा, पूर्व मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय अनुसन्धान विभागको उपत्यका हेर्ने डिआइजी कृष्ण खनाल, नेपाल प्रहरीका एसपीद्वय अपिल बोहरा र कुलदिप चन्दसँग बयान लिइसकेको छ । अहिलेसम्म आयोगले १५० भन्दा धेरैसँग सोधपुछ र बयान लिएको छ ।

