मादी नदीमा महिलाको शव फेला
तनहुँ - व्यास नगरपालिका–५ माथिल्लो पाटनस्थित मादी नदीको किनारमा आज बिहान एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेको छ ।
पानीमा कोल्टो परेको अवस्थामा नामथर वतन नखुलेको महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । अन्दाजी ४०/४५ वर्षीया महिलाको शव फेला परेको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।
स्थानीयवासीबाट खबर पाएलगत्तै प्रहरी निरीक्षक शिवप्रसाद पाठकको नेतृत्वमा खटिएको प्रहरीले घटनासम्बन्धमा अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२ १२:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

