Harsamaya
तातोपानी नाका खोल्ने भयो सहमति 
सरोकारवालाहरूको छलफल

काठमाडौं- सिन्धुपाल्चोकको तातोपानी नाका जोड्ने राजमार्ग खुलाउने सहमति भएको छ ।

आज स्थानीय, सडक डिभिजन कार्यालय,भोटेकोसी गाउँपालिका तथा सम्बन्धित अन्य निकायबिच भएको वार्ता सहमति भएपश्चात् राजमार्ग खुलाउने निर्णय भएको हो ।

1-ब-1765640733.jpg

स्थानीय मजदुर, पर्यटन व्यवसायी, व्यापारी लगायतलाई बाटो बन्द हुँदा समस्या परेकाले राजमार्ग खुलाउने सहमति भएको हो । साथै कोदारी इको पहिरो नियन्त्रणका ६० दिनभित्र ठेक्का लगाइ काम अघि बढाउने पनि सहमति भएको छ । यस कार्यका लागि नेपाल सरकारबाट ५८ करोड ५९ लाख रुपैयाँ बजेट स्वीकृत भएको छ ।

2-a-1765640764.jpg


 

यसबाहेक सहमतिमा विनियोजित बजेटबाट जोखिमयुक्त क्षेत्रमा प्राथमिकताका साथ कार्य गर्ने, पहिरोका कारण भएको क्षतिको यकिन गरी क्षतिपूर्ति प्रदान गर्ने पनि सहमति भएको छ । यदि तोकिएको समयमा सम्झौता अनुसार काम नभए माघ २६ बाट पुनः सडक अवरोध गर्ने छलफलको क्रममा सहमति भएको छ।

यसअघि शुक्रबार बसेको वार्तामा स्थानीयले मेशिन नलगाई बाटो निर्माण गर्ने र सडक निर्माणको काम तुरुन्तै सुरु गर्नुपर्ने माग राखेका थिए । सो मागमा सहमति गर्न नसकिने बताएपछि वार्ता भाँडिएको थियो । 

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  २१:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update