एसिया कपः नेपालले श्रीलंकालाई दियो ८३ रनको लक्ष्य
काठमाडौं - नेपाली यु–१९ युवा क्रिकेट टोलीले एसिसी अन्डर–१९ एसिया कपमा श्रीलंकालाई जितको लागि ८३ रनको लक्ष्य दिएको छ ।
दुबईको द सेभेन्स रङ्गशाला जारी खेलमा श्रीलंकासँग निकै कमजोर प्रदर्शन गर्दै नेपाल २८ दशमलव ५ ओभरमा ८२ रनमै अलआउट भएको हो ।
श्रीलङ्काका सेथ्मिका सेनेविरत्नले ९.५ ओभरमा २५ रन खर्चेर ५ विकेट लिँदै नेपालको इनिङ्स ध्वस्त पारे । यही मङ्सिर २६ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा विभिन्न आठ टोली सहभागी छन् । नेपाल समूह ‘बी’ मा छ । नेपालसँगै बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया छन् ।
प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२ १४:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

