Harsamaya
विराटनगरलाई लुम्बिनीको १३५ रनको लक्ष्य

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो क्वालिफायर खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १३५ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १३४ रन जोडेको हो ।

पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित हुँदै विराटनगरले दोस्रो क्वालिफायर खेलेको हो । एलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई पराजित गर्दै लुम्बिनीले दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update