Harsamaya
काठमाण्डुले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य
काठमाण्डु गोर्खाजका खेलाडीहरू ।

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को इलिमिनेटरमा काठमाण्डु गोर्खाजले लुम्बिनी लायन्सलाई ११२ रनको लक्ष्य दिएको छ ।

टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको काठमाण्डुले १९ ओभर एक बलमा १११ रन बनाउँदै अलआउट भयो ।

काठमाण्डुका लागि सन्तोष यादवले सर्वाधिक २३ रन बनाए । जोन सिम्पसन र मोहम्मद आदिल आलम १८–१८, वेन चाल्र्सवर्थ ४, आकाश त्रिपाठी १, सन्नी पटेल ७, मिलिन्द कुमार २, भीम सार्की १४, कप्तान करण केसी ९ र रसिद खान २ रनमा आउट भए ।

शाहव आलम ४ रनमा अविजित रहे । बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले ३–३ तथा रुवेन ट्रम्पलम्यानले दुई र अभिषेश गौतमले एक विकेट लिए ।

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update