प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दै कांग्रेसले दायर गरेको रिट दर्ता
काठमाडौं- प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दै नेपाली कांग्रेसले दायर गरेको रिट दर्ता भएको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार रिट आज दर्ता भएको हो ।
उक्त रिटको पेसी पुस २ गतेका लागि तोकिएको कोइरालाले जानकारी दिए । प्रतिनिधिसभा पुर्नस्थापनको माग गर्दै कांग्रेसले शुक्रबार सर्वोच्चमा रिट पेस गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२ १६:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

