कर्णालीले जनकपुरलाई दियो १ सय ३० रनको लक्ष्य
काठमाडौं - नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको आफ्नो अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १ सय ३० रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २९ रनको योगफल तयार पारेको हो ।
कर्णालीका लागि इम्रान शेखले ३३, गुल्सन झाले १९, कप्तान सोमपाल कामीले अविजित १८, प्रियान्क पन्चालले १६, विलियम बोसिस्टोले १५ र नजिबुल्लाह जाद्रनले १३ रन बनाए ।
जनकपुरका लागि ललितनारायण राजवंशी र आदित्य महताले दुई–दुई तथा संगीत कुरे, अनिलकुमार साह र माज सदाकतले एक–एक विकेट लिए ।
प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२ १७:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

