पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहरसहित पाँच पूर्वमन्त्रीविरुद्व मुद्दा
काठमाडौं - पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच मन्त्रीसहित ५५ जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरेको छ ।
मुद्दा दायरका लागि आयोगको टोली विशेष अदालतमा पुगेको हो । ८ अर्ब बिगो दाबीसहित ५ जना पूर्वमन्त्रीलाई प्रतिवादी बनाइएको अख्तियार स्रोतले जानकारी दियो ।
पूर्वमन्त्री डा. रामशरण महत, स्व. पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, दीपक अमात्यलगायलाई विपक्षी बनाइएको छ ।
मुद्दा दर्ता हुने प्रक्रियामा रहेको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए ।
नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीसहित क्यानका पदाधिकारीलाई पनि प्रतिवादी बनाइएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२ १५:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

