Harsamaya
एनपिएलः लुम्बिनी लायन्स प्लेअफमा प्रवेश
लुम्बिनी लायन्सका खेलाडीहरू ।

काठमाडौं - लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत प्लेअफमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई पराजित गरेसँगै प्लेअफमा पुगेको हो । 

लुम्बिनीसहित विराटनगर किंग्स, काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स प्लेअफमा पुगेका हुन् । जनकपुर बोल्ट्स,पोखरा एभेन्जर्स, कर्णाली याक्स र चितवन राइनोजको भने प्लेअफमा पुग्ने सम्भावना समाप्त भएको छ ।

प्लेअफमा पुगेको सुदूरपश्चिम रोयल्स हाल १२ अंकसहित शीर्ष स्थानमा छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  १९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update