Harsamaya
पोखरालाई पराजित गर्दै काठमाडौँ प्लेअफमा प्रवेश
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को आजको खेलमा काठमाडौँ गोर्खाजले पोखरा एभेन्जर्सलाई १३ रनले पराजित। 

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को आजको खेलमा काठमाडौँ गोर्खाजले पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गरेको छ । 

बिहीबार टीयू क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै काठमाडौँ प्लेअफमा प्रवेश गरेको छ । ७ खेलबाट ५ जितसहित काठमाडौँले प्लेअफमा स्थान बनाएको हो ।

काठमाडौँले दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा १५२ रन मात्र बनाउन सफल भयो । 

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update