पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई दियो २०२ रनको लक्ष्य
काठमाडौं - नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २०२ रनको लक्ष्य दिएको छ ।
टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २०१ रन बनाएको हो ।
पोखराका लागि ओपनर एडम रोसिङटनले शतक प्रहार गरे । एडम ५८ बलमा १०८ रनमा अविजित रहे । जेसोन रोय ४६ र कप्तान कुशल भुर्तेल १८ रनमा आउट भए धनन्जय लक्षन २३ रनमा अविजित रहे ।
बलिङमा कर्णालीका मार्क वाट र गुल्सन झाले एक÷ एक विकेट लिए ।
प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२ १७:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

