चितवन राइनोजले दियो जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य
काठमाडौं - नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ ।
मंगलबार टीयू क्रिकेट मैदानमा भएको खेलमा चितवन राइनोजले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउदै १७७ रनको लक्ष्य दिएको हो ।
जनकपुरविरुद्ध चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए ।
साविक विजेता जनकपुर हालसम्म जितविहीन रहँदै अंक तालिकाको सबैभन्दा तल चार खेल खेलेको चितवन भने २ जितसहित चौंथो स्थानमा रहेको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२ १४:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

