यस्तो हुनेछ आज मौसमको अवस्था
काठमाडौं- देशका केही भूभागमा आज आंशिक बदली रहनेछ । बाँकी भूभागमा भने मौसम सफा रहनेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली रहनेट । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । विभागले राति देशभर मौसम मुख्यतया सफा रहने बताएको छ ।
हाल कोसी, मधेस र वाग्मती प्रदेशमा दक्षिण-पश्चिम बंगालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२ ०६:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

