Harsamaya
बाँकेमा ११९ एचआइभी सङ्क्रमित फेला
ग्राफिक्सः हर समय/harsamaya

नेपालगञ्ज - बाँकेमा एचआइभी सङ्क्रमितको सङ्ख्या ११९ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०८१/८२ मा ८० र चालु आर्थिक वर्षमा ३९ जनामा एचआइभी सङ्क्रमित फेला परेको हो । 

जिल्ला स्वास्थ्य कार्यालयका एचआइभी ‘फोकल पर्सन’ रवीन्द्र शाहले साउनयता चार महिनामा मात्रै ३९ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।  तीमध्ये २७ पुरुष र १२ महिला रहेका छन्  । सङ्क्रमितध्ये आठ जना ३९ वर्षमाथिका र १५ देखि ४९ वर्षसम्मका ३१ जना छन् । 

आर्थिक वर्ष २०८१/८२ मा फेला परेका एचआइभी सङ्क्रमित ८० जनामध्ये  १५ देखि ४९ वर्षसम्मका ६६, ४९ वर्षमाथिका आठ र १५ वर्षमुनिका ६ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

शाहले पछिल्लो समय जनचेतनामूलक कार्यक्रम लगायतका कारण एचआइभी सङ्क्रमितको सङ्ख्या घट्दो अवस्थामा रहेको जानकारी दिँदै बाँकेमा रहेका एचआइभी सङ्क्रमितहरुले भेरी अस्पताल, नेपालगन्जबाट निःशुल्क औषधि पाइरहेको बताए । 

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update