Harsamaya
विराटनगरलाई चितवनको १७५ रनको लक्ष्य
विराटनगर किङ्सका कप्तान सन्दिप लामिछाने ।

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको आज (बुधबार)को खेलमा विराटनगर किङ्सलाई चितवन राइनोजले १७५ रनको लक्ष्य दिएको छ । 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७४ रन जोडेको हो । 

आजको खेलमा विराटनगर लगातर चौथो जित निकाल्ने लक्ष्यमा छ । यो टिमले तीन खेल खेलेकोमा तीनै खेल जितेको छ । 

चितवन भने दोस्रो जितको खोजीमा मैदानमा उत्रँदै छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  १७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update