Harsamaya
श्रीलंकामा तीन लाख ६५ हजार भन्दा बढी बेरोजगार
श्रीलंकाका प्रधानमन्त्री हरिनी अमरसुरिया ।

एजेन्सी - श्रीलंकालीमा हाल तीन लाख ६५ हजार ९५१ नागरिकहरु बेरोजगार रहेको श्रीलंकाका प्रधानमन्त्री हरिनी अमरसुरियाले बुधबार संसदमा बताएकी छिन् । 

पहिलो त्रैमासिकमा बेरोजगारी दर घटेर ३.८ प्रतिशतमा झरेको उनले बताएकी छिन् ।  जुन सन् २०२४ को समान अवधिमा ४.५ प्रतिशत थियो । दोस्रो त्रैमासिकको दर पनि एक वर्ष अघिको ४.७ प्रतिशतको तुलनामा ३.८ प्रतिशत रहेको उनले बताइन् । 

प्रधानमन्त्रीका अनुसार विश्वविद्यालयको डिग्री वा सोभन्दा उच्च योग्यता भएका ४२ हजार २५४ जना बेरोजगार रहेका छन् । सरकारले आफ्नो रोजगार कार्यक्रम अन्तरगत सार्वजनिक क्षेत्रमा १२ हजार भन्दा बढी स्नातक उपाधी प्राप्त जनशक्तीलाई रोजगारी दिइ सकेको उनले जनाइन् । 

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update