Harsamaya
विराटनगरविरुद्ध चितवनले पहिला ब्याटिङ गर्ने
विराटनगर किङ्सविरुद्ध चितवन राइनोजले पहिला ब्याटिङ गर्ने ।

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको आज (बुधबार)को खेलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजले पहिला ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुने खेलमा विराटनगरले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो । 

आजको खेलमा विराटनगर लगातर चौथो जित निकाल्ने लक्ष्यमा छ । यो टिमले तीन खेल खेलेकोमा तीनै खेल जितेको छ । 

चितवन भने दोस्रो जितको खोजीमा मैदानमा उत्रँदै छ । 

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update