Harsamaya
घाँस काट्न जाँदा लडेर एक जनाको मृत्यु
सांकेतिक तस्वीर: हर समय/Har Samaya

ताप्लेजुङ - ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमका एक व्यक्तिको घाँस काट्ने क्रममा आज लडेर मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय बलबहादुर तवेवुङ रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय मछिन्द्र तवेवुङ लिम्बूका अनुसार तवेवुङमाझ कटेरी भन्ने स्थानमा घाँस काट्न गएका थिए । सोही ठाउँमा नै उनको लडेर मृत्यु भएको बताइएको छ ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update