Harsamaya
पत्रकार खनिया रेलिङमा झुन्डिएको अवस्थामा भेटिए
पत्रकार दीपेन्द्र खनिया ।

काठमाडौं - पत्रकार दीपेन्द्र खनिया मृत भेटिएका छन् । 

काठमाडौं महानगरपालिका–१० बानेश्वरनजिक थापागाउँमा उनी  बस्दै आएको घरमा पत्रकार खनिया आज मृत भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । 

घरको चौथो तलाको बरण्डाको रेलिङमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए । पत्रकार खनिया रेडियो अडियोका सञ्चालक थिए ।
 

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update