Harsamaya
भरुवा बन्दुकसहित एकजना समातिए
सांकेतिक तस्वीरः हर समय/harsamaya

काठमाडौं - बैतडीमा भरुवा बन्दुकसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पञ्चेश्वर गाउँपालिका–४, बगौराका ४१ वर्षीय गम्भीरबहादुर चन्द छन् । पञ्चेश्व–४ स्थित महाकाली करिडोरबाट भरुवा बन्दुक एक, छर्रा ३५, बारुद र केप एकथानसहित शुक्रबार (मंसिर ५) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

उनीमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०८२  २०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update