पोखरा एभेन्जर्सले टस जितेर पहिला फिल्डिङ गर्ने
काठमाडौं - नेपाल प्रीमियर लिग (एनपिएल) सिजन–२ मा पोखरा एभेन्जर्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।
टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
एनपीएलमा पोखरा पहिलो जितको खोजीमा भिड्दै छ भने सुदूरपश्चिम भने दोस्रो जितको खोजीमा छ ।
सुदूरपश्चिमले पहिलो खेलमा काठमाण्डु गोर्खाजलाई पराजित गरेको थियो । पोखरा भने विराटनगर किंग्ससँग पहिलो खेलमा पराजित भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२ १६:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

