चितवन राइनोजले दियो लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य
काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको खेलमा चितवन राइनोजले लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको छ । चितवन राइनोजले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १४२ रन बनाएको हो ।
बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । लुम्बिनी पहिलो पटक मैदानमा उत्रिएको हो भने चितवन राइनोजको यो दोस्रो खेल हो । चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो ।
लुम्बिनीको कप्तान राष्ट्रिय टिमकै कप्तान रोहितकुमार पौडेल हुन् भने चितवनको कप्तानमा कुशल मल्ल रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२ १८:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

