Harsamaya
लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने

काठमाडौँ - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा अहिले लुम्बिनी लायन्स र चितवन राइनोज भिड्दै छ ।

बिहीबार त्रिवि क्रिकेट मैदानमा सुरु हुन लागेको खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । 

लुम्बिनी पहिलो पटक मैदानमा उत्रिएको हो भने चितवन राइनोजले दोस्रो खेल खेल्दैछ । चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो । 

लुम्बिनीको कप्तान राष्ट्रिय टिमकै कप्तान रोहितकुमार पौडेल हुन् भने चितवनको कप्तानी कुशल मल्ल रहेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update