Harsamaya
हर्मितको अर्धशतकमा काठमाडौंलाई सुदूरपश्चिमको १४८ रनको लक्ष्य
सुदूरपश्चिम रोयल्सका खेलाडीहरू ।

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा काठमाडौं गोर्खाजलाई सुदूरपश्चिम रोयल्सले १४८ रनको लक्ष्य दिएको छ । 

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरको अन्तिम बलमा अलआउट हुँदै १४७ रन बनाएको हो । 

सुदूरपश्चिमका कप्तान दिपेन्द्रसिंह ऐरीले ३० बलमा तीन चौका र एक छक्काको सहयोगमा ३९ रन बनाएर आउट भएका थिए । त्यस्तै हर्मित सिंहले १९ बलमा ५० रन पूरा गरेर अर्धशतक बनाएका थिए ।
 

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  १८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update