Harsamaya
पोखरा एभेन्जर्सविरुद्ध विराटनगरको उत्कृष्ट जित
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सका खेलाडीहरू ।

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको छ ।

विराटनगरले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै २२१ रनको लक्ष्य दिएको थियो । पोखरा एभेन्जर्सलाई १८.५ ओभरको खेलमा विराटनगरले अलआउट गर्दै ५३ रनले जित हासिल गर्न सफल भएको हो ।

विराटनगरमा सन्दीप लामिछाने कप्तान छन् भने पोखरामा कुशल भुर्तेल कप्तान रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  २१:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update