Harsamaya
विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई दियो २२१ रनको विशाल लक्ष्य
विराटनगर किंग्सका खेलाडीहरू ।

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई २२१ रनको विशाल लक्ष्य दिएको छ । 

विराटनगरले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै २२१ रन बनाएको हो । पोखरा एभेन्जर्सले टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेको थियो । 

विराटनगरमा सन्दीप लामिछाने कप्तान छन् भने पोखरामा कुशल भुर्तेल कप्तान रहेका छन् । 

यसअघि आज भएको खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउदै चितवनले विजयीको सुरूवात गरेको छ । हिजो भएको पहिलो खेलमा भने काठमाडौंले जित निकालेको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update