पञ्जीकरण विभागको वेबसाइटमा समस्या
काठमाडौं - राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको आधिकारिक वेबसाइट निरन्तर समस्यामा परेपछि सेवा प्रवाह प्रभावित भएको छ। विभागको वेबसाइटमा मंगलबार बिहानदेखि विभिन्न ‘एरर कोड’ देखा परेपछि ऑनलाइन सेवा लिन खोज्ने नागरिकलाई कठिनाइ भएको हो।
विभागका महानिर्देशक नमराज घिमिरेले वेबसाइट ह्याक भएको हल्ला साँचो नभएको स्पष्ट गर्दै मेन्टेनेन्स प्रक्रियाका कारण समस्या उत्पन्न भएको बताए।
प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२ १३:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

