Harsamaya
सेवा हाईड्रो लिमिटेडले आइपिओ निष्कासनका लागि विशेष प्रस्तावसहित साधारण सभा बोलायो

काठमाडौं - सेवा हाइड्रो लिमिटेडले आइपिओ निष्कासनसम्बन्धी विशेष प्रस्ताव पारित गर्न मङ्सिर २७ गते साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले बानेश्वरस्थित कम्पनीको कार्यालयमा सभा सञ्चालन गर्ने निर्णय गरेको हो ।

कम्पनीले आगामी साधारण सभामा सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने प्रस्तावलाई अनुमोदन गर्नेछ । साथै, आइपिओ जारी गर्न आवश्यक सम्पूर्ण प्रक्रिया तथा कानुनी व्यवस्थापानको जिम्मेवारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि सभामा पेस हुने कम्पनीले जनाएको छ ।

त्यसै गरी, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन तथा अन्य वित्तीय विवरण समेत सभाबाट पारित गरिनेछ ।

सेवा हाइड्रो लिमिटेड हाल आइपिओ जारी गर्ने तयारीमा रहेको हाइड्रोपावर कम्पनी हो, जसले नेपालका लगानीकर्तालाई प्राथमिक शेयरमार्फत स्वामित्व प्रदान गर्ने प्रक्रिया अघि बढाइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update