Harsamaya
एनपिएल क्रिकेट : चितवन र कर्णाली, विराटनगर र पोखरा भिड्दै
किर्तिपुर क्रिकेट मैदान । जहाँ एनपिएलका खेलहरू भइरहेका छन् ।

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् । 

त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा आज बिहान ११:४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दा दोस्रो खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । चारवटै टोलीको लक्ष्य सुखद् सुरुआत गर्ने हुनेछ ।

चितवन कुशल मल्लका कप्तानीमा मैदान उत्रिँदा कर्णालीको नेतृत्व सोमपाल कामीले गर्नेछन् । विराटनगरको नेतृत्व सन्दीप लामिछानेले सम्हाल्दा पोखराको कप्तान कुशल भुर्तेल रहनेछन् ।

यसअघि सोमबार सम्पन्न खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएर काठमाडौँ गोर्खाजले सुखद सुरुआत गरेको छ । जितसँगै काठमाडौँले अंकतालिकामा दुई अंक पनि जोड्यो ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा  यही मङ्सिर १ गतेदेखि सुरु प्रतियोगिताको फाइनल मङ्सिर २७ मा हुनेछ । प्रतियोगिताका विजेताले रु एक करोड १० लाख पाउने क्यानले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  ०७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update