Harsamaya
राष्ट्रिय सभा अन्तर्गत दुई समितिको बैठक बस्दै 
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति ।

काठमाडौं - राष्ट्रिय सभा अन्तर्गत आज दुई समितिको बैठक बस्ने तय भएको छ । 

सोमबार विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति गरि दुई समितिको बैठक बस्न लागिएको हो । 

आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपालको संविधान धारा ४० बमोजिम दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्ने विधेयक तर्जुमा वारेमा छलफल गर्ने कार्यसूची रहेको छ । बैठक बिहान ११:३० बजे बस्ने तय भएको छ । 

साथै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको स्थलगत अवलोकन भ्रमण सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । बैठक दिनको १ बजे बस्ने तय भएको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update