Harsamaya
केन्द्रीय सुरक्षा समितिको बैठक  बस्दै

काठमाडौं - केन्द्रीय सुरक्षा समितिको बैठक आज आइतबार बस्दै छ । बैठक आइतबार दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्न लागेको हो ।

गृह मन्त्री ओम प्रकाश अर्यालले शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न बैठक बोलाएका हुन् । बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका एक जना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतको सहभागिता रहने छ ।

 

 

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update