Harsamaya
चीनमा छेपारोदेखि कछुवा र रंगीन सुगा पाल्नेहरूको सङ्ख्या बढ्यो
चीनमा छेपारोदेखि कछुवा र रंगीन सुगा पाल्नेहरूको सङ्ख्या बढ्यो

एजेन्सी - चीनमा छेपारोदेखि कछुवा र रङ्गिन सुगासम्म पालन गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ । विशेष गरी विदेशी घरपालुवा जनावरहरूको बजार पनि बढ्दो क्रममा छ ।

तथ्याङ्क अनुसार चीनमा १ करोड ७० लाखभन्दा बढी मानिसहरूले अहिले परम्परागत बिरालो वा कुकुरहरू बाहेक अन्य जनावरहरू पाल्छन् । जसले गर्दा लगभग १.४ अर्ब अमेरिकी डलर मूल्यको विदेशी घरपालुवा जनावर बजार बढिरहेको हो ।

मध्य चीनको शाङ्किउ शहर जस्ता स्थानहरूमा विदेशी घरपालुवा जनावर प्रजननकर्ताहरू माग पूरा गर्न अग्रसर देखिन्छन् । संरक्षित जनावरहरूको प्रजनन गर्न इजाजत पत्र अनिवार्य गरिएको छ ।

विज्ञहरूका अनुसार घरपालुवा जनावर जेसुकै भए पनि बढ्दो सङ्ख्यामा जनावर र चराहरूले मानिसहरूलाई साथ दिइरहेका छन्।

आई आई मिडिया रिसर्चको तथ्याङ्क अनुसार चीनको घरपालुवा जनावर उद्योगको बजार आकार वर्षको अन्त्यसम्ममा ११३ अर्ब अमेरिकी डलर नाघ्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update