काठमाडौं - प्रत्येक वर्ष नोभेम्बर १४ मा मनाइने अन्तर्राष्ट्रिय सांस्कृतिक सम्पत्तिको अवैध तस्करीविरुद्धको दिवस यस वर्ष पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
सांस्कृतिक सम्पत्तिको अवैध तस्करीका कारण हुने हानि र सांस्कृतिक सम्पदामा पर्ने गम्भीर प्रभावको बारेमा जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।
सांस्कृतिक सम्पदाहरू हाम्रो पहिचान, इतिहास र मौलिकताको प्रतीक हुन् तर यी सम्पत्तिहरू चोरी, तस्करी र विनाशको चपेटामा परेका छन् ।
नेपालजस्तो देश जहाँ पुराना मूर्तिहरू, मन्दिरका कलाकृति र ऐतिहासिक धरोहरहरू हाम्रो सांस्कृतिक पहिचान र गौरवका प्रतीक हुन्, यी सम्पत्तिहरू चोरी र तस्करीको मुख्य निशानामा परिरहेका छन् ।
नेपालका मूर्ति, कलाकृतिहरू अन्तर्राष्ट्रिय बजारमा अवैध रूपमा विदेश पुर्याइ रहेका छन् जसले हाम्रो सांस्कृतिक सम्पदा र इतिहासलाई कमजोर बनाइरहेको छ ।
यो दिवसले यस वर्ष नेपाल लगायत विश्वभर सांस्कृतिक सम्पत्तिको संरक्षण, कानुनी पहलहरूलाई सुदृढ बनाउन र यसतर्फ सबैको सचेतना बढाउन विशेष जोड दिएको छ ।

