Harsamaya
ऋत्विक धनजानी : रोजाइमा परेका स्टाइल आइकन

एजेन्सी - भारतका लोकप्रिय टेलिभिजन तथा फिल्म अभिनेता ऋत्विक धनजानी पछिल्लो समय रोजाइका कलाकार बनेका छन् । हालै मुम्बईमा देखिएका उनी स्टाइलिश रूपमा उपस्थित थिए । ट्रेंडी क्याजुअल पहिरनमा सजिएका अभिनेताले फोटोग्राफरहरूसँग विभिन्न पोज दिए ।

आकर्षक लुक र हँसिलो मुस्कानका साथ देखिएका उनका लाखौं प्रसंशक छन् । उनका पछिल्ला भिडियो र तस्बिरहरू भाइरल हुने गरेका छन् । ऋत्विक धनजानी मनोरञ्जन जगतमा एक स्टाइल आइकन र प्रशंसकको मन पर्ने पात्रका रूपमा स्थापित छन् । 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update