Harsamaya

काठमाडौं - जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले आफूहरुको माग पुरा नभएसम्म चूनाव हुन नदिने चेतावनी दिएका छन् । 

मतदाता नामावली संकलनमा देखिएका समाधानका लागि भएको पहलका बारेमा बुझ्न बिहीबार निर्वाचन आयोग पुगेका गुरुङले जेनजी युवाहरु निर्वाचनका लागि नभई देशमा देखिएका बेतिथीबिरुद्ध लडेको भन्दै आफुहरुको माग पुरा नभएसम्म चूनाव हुन नदिने चेतावनी दिएका हुन् । 

उनले आफूहरुलाई विभिन्न दलसंग जोडेर टिकाटिप्पणी भइरहेको भन्दै आपत्ति जनाए । आफू कुनै दलमा आवद्ध नभएको र निर्वाचनमा आफू नलड्ने उनले स्पष्ट पारे । उनले जेनजी आन्दोलनको माग पुरा गर्नुभन्दा सरकारको ध्यान निर्वाचनमा मात्रै केन्द्रित रहनु राम्रो नभएको बताए । गुरुङले अहिलेको अवस्थामा गृहमन्त्रीलाई परिवर्तन गर्नुपर्ने अवस्था देखिएको बताए । 

गृहमन्त्रीले गरेको प्रतिबद्धता अनुसार काम गर्न नसकेकाले गृहमन्त्रीबाट नेपाली जनतालाइ न्याय दिने कुरामा कुनै विश्वास नरहेको बताए । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update