आज दुई वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं - आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११:१५ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।
सिंहदरवार संसद भवनस्थित समितिको बैठक कक्षमा आज बस्ने बैठकमा अध्यागमन विभाग तथा कार्यालयको अवलोकन सम्बन्धमा छलफल गरिने कार्यसूची तय गरिएको छ । यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिनको १ बजे बस्दैछ ।
बैठकमा शान्ति सुरक्षाको अवस्था र आगामी निर्वाचनको तयारी सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२ ०८:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

