जगदम्बाले स्टिलले तिर्यो पहिलो किस्ता, काटिएको विद्युत् जोडियो
काठमाडौं - पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा स्टिल प्रा.लि ले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम बुधबार तिरेको छ ।
पहिलो किस्ता तिरेपछि गत ४ कात्तिकमा विच्छेद गरिएको जगदम्बाको विद्युत् लाइन बुधबार साँझ जडान गरिएको छ । जगदम्बाले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएको हो ।
बक्यौतालाई २८ किस्तामा विभाजन गरी जगदम्बाले ५ करोड ७२ लाख ९ हजार रुपैयाँ पहिलो किस्ता बुझाएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२ २०:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

