आज सुनचाँदी कतिमा हुँदैछ कारोबार ?
काठमाडौं - नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन २ हजार १ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको सुन आज प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको हो । मंगलबार ३ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ३ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२ ११:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

