आज भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने
काठमाडौं - आज नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन् ।
बुधबार काठमाडौंमा एक कार्यक्रम गरि ‘मातृभूमि जागरण अभियान, नेपाल’ स्थापना गरेर सक्रिय भईरहेका रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन लागेका हुन् ।
आज ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ मार्फत रावल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्दैछन् ।
आइतबार मात्रै पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसहितका नेताहरूसँगको संवादपछि रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन तयार रहेको बताइएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२ ०८:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

