Harsamaya
कुलमान निकट पार्टीले पूर्व सचिव उपाध्यायको नेतृत्वमा बुझायो विवरण !

काठमाडौं - ऊर्जा मन्त्री कुलमान घिसिङनिकट मानिएको 'उज्यालो नेपाल पार्टी'ले नेतृत्व हेरफेर गरेर निर्वाचन आयोगमा विवरण बुझाएको छ । 

पार्टीले मंगलबार पूर्व ऊर्जा सचिव अनुपकुमार उपाध्यायलाई अध्यक्ष राखेर नयाँ ५१ सदस्यीय केन्द्रीय कार्यसमितिको विवरण आयोगमा बुझाएको आयोगले जनाएको छ ।

यसअघि, गत साउनमा पार्टीले विवरण बुझाउँदा ज्ञानकुमार तामाङलाई अध्यक्षको रूपमा अघि सारेको थियो । तर, आज बुझाइएको फेरिएको कार्यसमितिमा तामाङलाई सदस्यमा मात्र सीमित गरिएको छ । आयोगमा बुझाइएको ५१ सदस्यीय केन्द्रीय समितिको सूचीमा कुलमानको नाम समावेश छैन ।

1-1762878649.jpg
2-1762878649.jpg
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  २२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update