दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन पहिलो साता
काठमाडौं - सरकारले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन पहिलो साता आयोजना गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आजको बैठकले आगामी फागुन १ गतेदेखि ७ गतेसम्म कर्णाली प्रदेशमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियामावली, २०८२ स्वीकृत गर्ने निर्णय भएको छ । साथै गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा निजामतीतर्फ चार र नेपाल प्रहरीबाट ११ जना कर्मचारी थप्ने निर्णय भएको मन्त्री खरेलले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२ २०:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

