Harsamaya
बरहवा नदीमा पुरुषको शव फेला 
रौतहटको बरहवा नदीमा डुबेको अवस्थामा एक पुरुषको शव ।

रौतहट - रौतहटको बरहवा नदीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । 

गौर नगरपालिका वडा नं. ५ मा रहेको बरहवा नदीमा डुबेको अवस्थामा शव देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी विष्णु प्रदिप बस्यालका अनुसार शव रौतहटको चन्द्रपुर नगरपालिका ६ का सुनिल कुमार कहार रहेको पुष्टि भएको छ । मृतक युवकको साथमा रहेको सवारी चालक अनुमति पत्रको आधारमा पुष्टि भएको उनको भनाइ छ ।

चन्द्रपुरबाट शनिवार देखि बेपता रहेका कहार कसरी गौरको बरहवा नदीमा पुगे भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रादेशिक अस्पताल गौरमा शव राखिएको र परिवारका सदस्य सम्पर्कमा आएको डिएसपी बस्यालले बताए । पोष्टमार्टम रिपोर्टपछि मात्रै घटनाका बारेमा थप खुल्ने जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update