Harsamaya
हर्क साम्पाङद्वारा दुर्गा प्रसाईंलाई ढुंगा बोक्न निम्ता
दुर्गा प्रसाईं र हर्क साम्पाङ ।

 काठमाडौं - धरानका मेयर हर्क साम्पाङले दुर्गा प्रसाईंलाई ढुंगा बोक्न बोलाएका छन् । 

सोमबार सामाजिक सन्जाल फेसबुक मार्फत उनले प्रसाईंलाई ढुंगा बोक्न निम्ता दिएका हुन् । उनले माटोले रगत होइन पसिना मागेको हो भन्दै प्रसाईंलाई मिलेर देश बनाँउ भन्दै बोलाएका हुन् । 

मेयर साम्पाङ लेख्छन्, ‘दुर्गा प्रसाईं जी...अब यो देशमा आन्दोलन होइन श्रम संस्कृतिको खाँचो छ । माटोले रगत होइन पसिना मागेको छ । म त हरघडि माटोसँग बात मार्छु । तपाई पनि ढुगां बोक्न आउनु है । मिलेर देश बनाऔँ,’ । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update