भुसालको नेतृत्वमा दल दर्ताको तयारी‚ आयोगमा पुग्यो निवेदन
काठमाडौं - तत्कालीन नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भूसालले आफू निकटस्थ नेताहरूको अगुवाइमा दल दर्ताको निवेदन दिएका छन् ।
आइतबार निर्वाचन आयोगमा संयोजक राजकुमार कक्षपति रहनेगरी भूसाल पक्षका नेताहरूले दल दर्ताको निवेदन दिएका हुन् । भुसाल माधव नेपाल‚ पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरू मिलेर गठन भएको नेपाली कम्युनिस्ट पार्टीमा गएका थिएनन् ।
भुसाल सहितको नेताहरूले पार्टीको नाम भने नेकपा (वामपन्थी केन्द्र) राखेका छन् । सहसंयोजकमा नन्दलाल बन्जाडे राखिएको छ ।
अहिले आयोगमा यो निवेदनउपर कागजात रुजु गर्ने प्रक्रिया चलिरहेको छ । चुनाव चिह्न सूर्यमुखी फूल प्रस्ताव गरिएको छ । अन्य २३ जना सदस्यहरूको नाम पनि आयोगमा बुझाइएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२ १९:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

