रौतहट - पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधनमा रौतहटको ईशनाथ नगरपालिकाले शोक बिदा दिएको छ । रौतहट क्षेत्र न .२ का पूर्व सांसद तथा पूर्व मन्त्री आलमको निधनको प्रति शोक संवेदना व्यक्त गर्दै आज (आइतबार) शोक बिदा दिने उल्लेख गरेको छ ।
नगरपालिकाको कार्यालय तथा मातहतका कार्यालयमा शोक बिदा दिइएको ईशनाथ नगरपालिका अधिकृत सातौँ इसराजुल खाँ ले जानकारी दिए । उनले नगर प्रमुखको आदेश अनुसार शोक बिदा दिइएको उल्लेख गरे।
नेपाली कङ्ग्रेसका नेता तथा पूर्व मन्त्री आलमको शनिबार काठमाडौँको के.एम.सी. अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
आलमको मुस्लिम परम्परा अनुसार अन्त्यस्टी गरिसकेको पारिवारिक स्रोतले बताएको छ ।
आलमका दुई छोरा र एक छोरी छन् । जेठो डा. फिरदोस र कान्छो डा. राजिक हुन् । राजिक अहिले राजपुर नगरपालिकाका नगर प्रमुख छन् ।

