कार्तिक २२ गतेबाट चन्द्रागिरी हिल्सको सेवा पुन: संचालनमा आउने
काठमाडौं - चन्द्रागिरी हिल्स लिमिटेडको सेवा कार्तिक २२ गतेदेखि पुनः सुचारु गर्न लागिएको कम्पनीले जनाएको छ। भदौ २४ गते प्रदर्शनकारीहरुको समुहले कम्पनीको बटम स्टेशनमा तोडफोड तथा आगजनी गरि पूर्ण रुपमा क्षति पुर्याएकोले कम्पनीको सेवा बन्द थियो। त्यस पछि सेवा बन्द रहेकोमा कार्तिक २२ देखि सेवाहरु पुनः सुरु हुने भएको हो।
गत भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा कम्पनीको संरचनामा क्षति पुगेको थियो। कम्पनीका अनुसार सो दिन कम्पनीको बटम स्टेशन परिसरमा सञ्चालन भइरहेका केबलकारको मुख्य सञ्चालन युनिट तथा केबलकारको गन्डोला पार्किंग तथा स्टोर युनिट, कम्पनीको लेखा तथा प्रशासनिक क्षेत्र, रेस्टुरेन्ट तथा कफीशप, केबलकार टिकट काउन्टर लगायत बटम स्टेशनमा रहेका अधिकांश भौतिक संरचनाहरुमा क्षति पुगेको थियो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२ ०७:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

