संस्थापन पक्षको भेला बत्तीसपुतलिमा सुरू
काठमाडौं - नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षधरको भेला सुरू भएको छ ।
वत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला सुरू भएको हो । वडा देखि केन्देर सम्म सातै तहमा समयमै नियमित महाधिवेशनका लागि दबाव दिन पार्टी संस्थापन पक्षले आयोजना गरेको हो ।
भक्तपुर सभापति दुर्लभ थापाको अध्यक्षतामा सुरू भएको दवावमुलक भेलामा कोशी प्रदेश सभापति उद्धव थापा, महामन्त्री भुपेन्द्र राई सहित मुगु सभापति ऐन बहादुर शाही,ओखलढुंगा सभापति तेजेन्द्र खनाल, म्याग्दी सभापति खम बहादुर खर्वुजा, अछाम सभापति पुष्प बहादुर शाहीलगायत ठूलो मात्रामा नेता कार्यकर्ताको उपस्थित रहेको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२ १३:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

