Harsamaya
सुनचाँदीको मूल्य बढ्यो
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - स्थानीय बजारमा बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही वृद्धि भएको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको दुई लाख ३७ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य तीन हजार १० निर्धारण भएको छ । बुधबार एक तोला सुन दुई लाख ३७ हजार २०० र चाँदी दुई हजार ९९० मा खरिदबिक्री भएको थियो । 

बजार विश्लेषकहरूले सुनचाँदीको मूल्यमा दैनिक उतारचढाव भइरहेका कारण लगानीकर्ताले सतर्क हुनुपर्नेमा जोड दिएका छन् ।

सुनचाँदीमा लगानी गर्दा बजारको प्रवृत्ति र मूल्य परिवर्तनमा ध्यान दिनु आवश्यक भएको उनीहरूको कथन छ । आगामी दिनहरूमा पनि मूल्यमा उतारचढाव हुने उनीहरूको विश्लेषण छ । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update